Judges 18:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब लेश र चारैपट्टिका ठाउँको भेद लिन जाने ती पाँच जना मानिसले दानवंशीहरूलाई भने, “के तिमीहरूलाई थाहा छ कि यहाँका घरहरूमध्‍ये एउटा घरमा चाँदीले मोहोरेको एउटा काठको मूर्ति छ? अरू मूर्तिहरू र एउटा एपोद पनि त्‍यहाँ छन्। हामीले कसो गर्नुपर्ने हो? के विचार छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती पाँच जना मानिसहरू, जो लेशको वरिपरिका देशको भेद लिन गएका थिए, तिनीहरूले आफ्‍ना भाइबन्‍धुसँग यसो भनेर कुरा गरे, “के यी घरहरूमध्‍ये एउटामा एपोद र घर-देवताहरू, एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति छन्‌ भनी तिमीहरूलाई थाहा छ? अब कसो गर्नु तिमीलाई थाहा छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब लेश देशको भेद लिने ती पाँच जना मानिसहरूले आफ्ना दाजुभाइहरूलाई भने, “के यी घरहरूमध्ये एउटामा एपोद, अरू घर-देवताहरू, एउटा खोपिएको आकृति र एउटा ढालेर बनाएको मूर्ति छन् भनेर तिमीहरूलाई थाहा छ? अब के गर्नुपर्ने हो, त्यो तिमीहरू जान्दछौ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।”