Judges 18:17 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पाँच जना पुरुषहरू सोझै मीकाको घरमा गए र त्यो चाँदीले मोहोरेको काठको मूर्ति र अरू मूर्तिहरू र एपोद हात पारे। त्यस बेला पूजाहारीचाहिँ छ सय सिपाहीहरूसँग मूल-ढोकामा खडा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशको भेद लिन गएका ती पाँच जना मानिस घरभित्र पसे, अनि प्रतिमा र मूर्ति, एपोद र अरू घर-देवताहरू लिए। त्यसै बेला ती पुरोहित ती छ सय मानिसहरूसँग मूल ढोकाको मुखैमा खड़ा भइरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस देशको भेद लिने ती पाँच जना मानिसहरू घरभित्र पसे, र खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू लिए। अनि ती पुजारीहरू र छ सय हतियार भिरेका मानिसहरू मूलढोकाको प्रवेशद्वारमा उभिरहे।