Judges 18:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उसलाई भने, “चुप लाग, एक शब्द नबोल, हामीसँग आऊ र हाम्रा पूजाहारी र सल्लाहकार होऊ। एउटा परिवारको भन्दा सारा इस्राएली वंशको पूजाहारी बन्न के तिमीलाई राम्रो हुन्न र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले तिनलाई भने, “चूप लाग, एक शब्द पनि नबोल। आएर हाम्रा पुरोहित र बुबा होऊ। एक जना मानिसको घरमा पुरोहित हुनु कि इस्राएलमा एउटा कुल र वंशका पुरोहित हुनु असल हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले तिनलाई जवाफ दिए, “चुप लाग्नुहोस्! एक शब्द पनि नबोल्नुहोस्! हामीसित आएर हाम्रा बुबा र पुजारी हुनुहोस्! के एउटा मानिसको घरमा सेवा गर्नुभन्दा इस्राएलमा कुल र वंशकहाँ पुजारीको रूपमा सेवा गर्नु तपाईंलाई असल होइन र?”
Nepali ERV (पवित्र बाइबल)
ती पाँच मानिसहरूले उत्तर दिए।, “चूप लाग! एउटा शब्द पनि नबोल। हामीसित आऊ। हाम्रा पिता अनि हाम्रा पूजाहारी बन। तिमीले चुन्नुपर्छ। के तिमीलाई एउटा व्यक्तिको निम्ति मात्र पूजाहारी हुनु राम्रो छ? वा तिमीलाई इस्राएली मानिसहरूका एउटा सम्पूर्ण कुल समूहको पूजाहारी हुनु राम्रो छ?”