Judges 18:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दानवंशीहरूले आफ्‍ना बीचमा सबै परिवारहरूका माझबाट पाँच जना योग्‍य मानिसहरू चुने। दानवंशीहरूले तिनीहरूलाई जमिन खोज्‍न र त्‍यसको भेद लिन भनी सोरा र एश्‍तोल सहरदेखि पठाए। ती पाँच भाइ जब एफ्राइमको पहाडी भूमिमा आइपुगे, तिनीहरू मीकाको घरमा बास बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण दानवंशीहरूले पाँच जना योद्धाहरूलाई सोरा र एश्‍तोलबाट पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्‍व गर्थे। तिनीहरूले यिनीहरूलाई भने, “जाओ, देशको पत्ता लाओ।” तिनीहरू एफ्राइमको पहाड़ी देशमा मीकाको घरमा आइपुगे, र त्‍यो रात त्‍यहीँ बिताए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दानवंशीहरूले सोरा र एश्तोलबाट त्यो ठाउँ जासुसी गर्न र भेद लिनका लागि पाँच जना योद्धाहरूलाई पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्दथे। तिनीहरूले यिनीहरूलाई यसो भनेका थिए, “जाओ, गएर देशको भेद लेओ।” यसकारण ती मानिसहरू एफ्राइमको पहाडी मुलुकमा आइपुगे, र मीकाको घरमा आएर रात बिताए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्नका निम्ति उत्तम स्थान खोज्न हिंडे। ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।” ती पाँच मानिसहरू एप्रैमको पहाडीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए।