Judges 18:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू मीकाको घरदेखि निकै टाढा पुगे। तब आफ्ना छिमेकीहरूलाई लडाइँ गर्न मीकाले बोलायो। तिनीहरूले गएर दानवंशीहरूलाई भेटे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दानवंशीहरू मीकाको घरबाट केही टाढ़ा मात्र पुगेका थिए कि मीकाले आफ्ना छिमेकीहरूलाई बोलाएर तिनीहरूलाई खेदेर भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू मीकाको घरदेखि केही टाढा पुगेपछि मीकाका छिमेकीहरू एकसाथ भेला भए; अनि तिनीहरूले उनीहरूलाई खेदेर भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
दानका कुल समूहका मानिसहरू त्यस भूमि देखि केही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेद्न थाले, अनि तिनीहरूलाई पक्वे।