Judges 18:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[27-28] मीकाका पूजाहारी र मूर्तिहरू लिएर गएपछि दानवंशीहरूले लेश सहरमाथि आक्रमण गरे। शान्त र मेलमा बस्ने मानिसहरूको त्यो सहर बेथ-रहोब सहरसँग एउटै बेसीमा थियो। तिनीहरूले लेशबासीहरूलाई मारे र सहरमा आगो लाइदिए। तिनीहरूको बचाउको निम्ति कोही आएनन्, कारण सीदोनीहरू तिनीहरूदेखि टाढै थिए अनि ती जातिहरूसँग तिनीहरूको केही सम्बन्ध नै थिएन। त्यो सहरलाई फेरि बनाएर दानवंशीहरू त्यहाँ बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी ती पुरोहित र मीकाले आफ्नो निम्ति बनाएका थोकहरू लिएर तिनीहरू गए, र लेशमाथि चढ़ाइ गरे, जहाँका मानिसहरू शान्त थिए, र निष्फिक्रीसित बस्थे। तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे, र उनीहरूको सहरमा आगो लगाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले मीकाले बनाएका चीजहरू अनि तिनको पुजारीलाई लिएर शान्तिप्रिय र निस्फिक्री मानिसहरूका विरुद्धमा लेशमा गए। तिनीहरूले उनीहरूमाथि तरवारले आक्रमण गरे, र तिनीहरूको त्यो सहर आगोले जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्वमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्वमणको अपेक्षा गरेका थिएनन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिदिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।