Judges 18:28 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूलाई बचाउने कोही थिएन, किनभने त्‍यो सहर सीदोनदेखि टाढ़ामा थियो, र कसैसित उनीहरूको सम्‍पर्क थिएन। त्‍यो सहर बेथ-रहोबका नजिकको उपत्‍यकामा थियो। दानवंशीहरूले त्‍यस सहरलाई फेरि बनाए, र त्‍यसमा बसोबास गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई छुटाउने कोही थिएनन्। किनकि तिनीहरू सीदोनदेखि धेरै टाढा बस्थे। अनि अरू कसैसित पनि तिनीहरूको सम्बन्ध थिएन। त्यो सहर बेथ-रेहोबको छेउमा भएको बेँसीमा थियो। दानवंशीहरूले त्यस सहरलाई पुनर्निर्माण गरे, र त्यहीँ बसोबास गर्न लागे।
Nepali ERV (पवित्र बाइबल)
लेशमा बस्ने मानिसहरूलाई उद्धार गर्ने कोही थिएन। ती मानिसहरूबाट सहायता प्राप्त गर्नका निम्ति पनि तिनीहरू सीदोन शहर देखि अत्यन्त टाढा बस्थे। अनि लेशका मानिसको अरामका मानिसहरूसित कुनै सन्धि गरेका थिएनन्-यसर्थ ती मानिसहरूले तिनीहरूलाई सहायता गरेनन्। लेश शहर एउटा उपत्यकामा थियो जो बेतरहोब शहरको थियो। दानका मानिसहरूले त्यस स्थानमा एउटा नयाँ शहर निर्माण गरे। अनि त्यो शहर तिनीहरूको घर बन्यो।