Judges 18:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ बस्‍दा तिनीहरूले त्‍यो लेवीको बोली चिने र उसलाई सोधे, “तिमी यहाँ के गर्दै छौ? कसले तिमीलाई यहाँ ल्‍यायो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू त्‍यहाँ मीकाको घरमा थिए, तब तिनीहरूले ती जवान लेवीको बोली चिने। तिनीहरूले तिनीतिर फर्केर भने, “तिमीलाई कसले यहाँ ल्‍यायो? तिमी यहाँ के गरिरहेछौ? यहाँ तिम्रो के काम छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू मीकाको घरको छेउनिर पुगे, तब तिनीहरूले त्यस जवान लेवीको सोर चिने। यसकारण तिनीहरू त्यतैतिर पुगेर तिनलाई सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यो ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”
Nepali ERV (पवित्र बाइबल)
ती पाँच मानिसहरू जब मीकाको घरको छेउमा आई पुगे तिनीहरूले जवान लेवी मानिसको स्वर सुने। तिनीहरूले उसको स्वर चिने यसर्थ तिनीहरू मीकाको घरमा रोकिए। तिनीहरूले त्यो जवान मानिसलाई सोधे, “कसले तिमीलाई यो स्थानमा ल्याए? तिमी यहाँ के गर्दैछौ? यहाँ तिम्रो के काम छ?”