Judges 18:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दानवंशीहरूले आफूले पुज्नलाई मूर्तिहरू बनाए अनि गेर्शोमका छोरा अनि मोशाका नाति जोनाथन तिनीहरूका पूजाहारी भए। इस्राएलीहरू कैद गरेर नलगिएसम्म जोनाथनका छोरा-नातिहरूले दानवंशीका पूजाहारीको काम गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानवंशीहरूले ती मूर्तिहरूलाई स्थापन गरे, र इस्राएल जाति कैदमा नलगिएसम्म मोशाका छोरा गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानको कुलका पूजाहारी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ दानवंशीहरूले ती मूर्तिहरू खडा गरे; अनि मोशाका छोरा, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरूचाहिँ देश कैदमा नलगिएसम्म दानको कुलका पुजारीहरू भएर बसे।
Nepali ERV (पवित्र बाइबल)
दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।