Judges 18:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण ती पाँच जना त्यहाँबाट हिंडे र लेश सहरमा पुगे। सीदोनबासीहरूजस्तै त्यहाँका बासिन्दाहरू शान्ति र सुरक्षामा बसेका तिनीहरूले देखे। लेशका मानिसहरू शान्त र खुसी थिए, आपसमा केही वाद-विवाद गर्दैनथे। चाहिएका कुरा सबै तिनीहरूसँग थियो। तिनीहरू सीदोनीहरूदेखि टाढै बस्थे अनि अरू कोहीसँग तिनीहरूको केही सम्बन्ध थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती पाँच जना आफ्नो बाटो लागे, र लेशमा आइपुगे। तिनीहरूले त्यहाँका बासिन्दाहरूलाई सीदोनीहरूझैँ शान्त र निष्फिक्रीसित आफ्ना जीवन बिताइरहेका देखे। उनीहरूको देशलाई कुनै अभाव थिएन। यसकारण उनीहरूलाई फलिफाप भएको थियो। उनीहरू सीदोनीहरूदेखि धेरै टाढ़ा थिए, र अरू कोहीसित उनीहरूको सम्पर्क थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती पाँच जना मानिसहरू त्यस ठाउँलाई छोडेर लेशमा आए, र त्यहाँका मानिसहरूलाई सुरक्षामा रहेका सीदोनीहरूझैँ शान्त र सुरक्षित देखे। तिनीहरूको देशमा केही अभाव नभएको कारण तिनीहरूले उन्नति गरेका थिए। तिनीहरू सीदोनीहरूभन्दा टाढा पनि थिए, र अरू कसैसित तिनीहरूको केही सम्बन्ध पनि थिएन।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।