Judges 18:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “जाऔं र हामी लेश सहरलाई आक्रमण गरौं। हामीले त्‍यो ठाउँ हेर्‍यौं, त्‍यो औधी असल ठाउँ छ। यहाँ हात बाँधेर नबसौं। चाँडो गरेर जाऔं र लेश सहरलाई लिइहालौँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “जाऔं त, उनीहरूमाथि चढ़ाइ गरौं! हामीले देखेको त्‍यो देश खूबै सुन्‍दर छ। के तिमीहरू यस विषयमा केही नगरी बियाँलो गरिरहन्‍छौ? अहिले नै हिँड्‌, र त्‍यस देशलाई अधिकार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले जवाफ दिए, “जाऔँ, हामी तिनीहरूमाथि कब्जा गरौँ! हामीले त्यो देश देख्यौँ। त्यो अति नै राम्रो रहेछ। तपाईंहरू किन चुपचाप बसिरहनुहुन्छ? त्यहाँ गएर त्यसलाई कब्जा गर्न बियाँलो नगर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
ती पाँच मानिसहरूले उत्तर दिए, “हामीले केही भूमि पायौं, अनि त्यो अति उत्तम छ। हामीले तिनीहरूलाई आक्रमण गर्नु पर्छ। पर्खी नबस्! हामी जाऊँ अनि त्यो भूमि लिऔं।