Judges 19:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दिनहरूमा इस्राएलमा राजा थिएनन्। तब एफ्राइमको पहाडी देशभित्र निकै टाढा एक जना लेवी बस्थ्यो। यहूदाको बेथलेहेमदेखि एउटी केटी लगेर उसले आफ्नी रखौटी बनाएर राख्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्। एफ्राइमको पहाड़ी देशको भित्री भागमा एउटा लेवी बस्थे, जसले यहूदाको बेथलेहेमबाट एउटी उपपत्नी आफ्नो निम्ति ल्याएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अब एफ्राइमको पहाडी मुलुकमा दुर्गम ठाउँमा बस्ने एक जना लेवीले यहूदाको बेथलेहेमबाट एउटी उपपत्नी ल्याए।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्।