Judges 19:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-11] तर अरू एक रात त्‍यहाँ बस्‍ने मन त्‍यस मानिसले गरेन। यसकारण ऊ आफ्‍नै रखौटीसँग बाटो लाग्‍यो। तिनीहरूसँग जिन-लगाम कसेका दुई गधा थिए। दिन निकै ढलिसक्‍दा तिनीहरू यबूस (अथवा यरूशलेम) को नजिक आइपुगे। चाकरले उसलाई भन्‍यो, “हजुर, आजको रात हामी यहीँ यबूसीहरूका सहरमा बिताऔं?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती मानिस त्‍यो रात बस्‍न मानेनन्‌। तिनी उठेर हिँड़िहाले, र आफ्‍ना भारी लादेका दुई गधा र आफ्‍नी उपपत्‍नीसँग यबूस, अर्थात्‌ यरूशलेमतिर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती मानिसले त्यो रात बस्‍ने इच्छा गरेनन्; तब उठेर हिँडिहाले। अनि आफ्ना भारी लादेका दुई गधाहरू र उपपत्नीसित यबूस, अर्थात् यरूशलेमतिर लागे।
Nepali ERV (पवित्र बाइबल)
तर ती लेवी अझ अर्कोरात बस्न चाहँदैन थियो। तिनले आफ्नो दुई गधाहरू अनि आफ्नी सेविकालाई लगे। तिनले यबूस (यरूशलेमको अर्को नाउँ) सम्म यात्रा गरे।