Judges 19:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटो छोडेर तिनीहरू रात बिताउनलाई गिबामा पसे। सहरमा पुगेर तिनीहरू खुला चोकमा बसे। तिनीहरूलाई राती बास बस्‍नलाई कसैले घर लगेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू त्‍यहीँ रात बिताउनलाई पसे, र गएर सहरको चोकमा बसे। तर कसैले पनि तिनीहरूलाई वास दिनलाई आफ्‍नो घरमा लगेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यहीँ रात बिताउनलाई बसे। तिनीहरू गएर सहरको चोकमा बसे; तर बास दिनका निम्ति कसैले तिनीहरूलाई आफ्नो घरभित्र लगेन।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिनीहरू गिबामा बास बसे। तिनीहरूले त्यो शहरमा रात बिताउने योजना गरे। तिनीहरू त्यो शहरको चोकमा आए र बसे। तर कसैले पनि तिनीहरूलाई त्यो रात बस्न आफ्ना घरमा बोलाएनन्।