Judges 19:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू चोकमा बसिरहेका बेलामा एउटा बुढो मानिस दिनभरि खेतमा काम गरेर त्‍यहाँ आइपुगे। उनी पहिले एफ्राइमको पहाडी देशमा बस्‍थे तर अहिले गिबामा बस्‍थे। (त्‍यहाँका अरू मानिसहरू बेन्‍यामीन कुलका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीचमा एक जना बूढ़ा मानिस आफ्‍नो खेतको कामबाट बेलुकी घर फर्किरहेको थियो। उनी एफ्राइमको पहाड़ी देशका थिए, तर गिबामा बस्‍थे, जहाँका मानिसहरू बेन्‍यामीनी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस साँझ गेबामा बस्‍ने एक बूढो मानिस एफ्राइमको पहाडी मुलुकबाट खेतको कामबाट फर्किरहेका थिए, जहाँका मानिसहरू बेन्यामीनी थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो साँझ एक वृद्ध मानिस आफ्नो खेतबाट शहरमा आए। उसको घर एप्रैमको पहाडी देशमा थियो। तर अहिले ती गिबा शहरमा बस्दै थिए। (गिबाका मानिसहरू बिन्यामीनका कुल समूहका थिए।)