Judges 19:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीले उत्तर दियो, “हामी यहूदाको बेथलेहेममा गएका थियौं। अब आफ्नो घर फर्कन्छौं। हाम्रो घर एफ्राइमको पहाडी देशमा निकै भित्रपट्टि पर्छ। हामीलाई कसैले राती बास दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले जवाफ दिए, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाड़ी देशको भित्री भागतिर यात्रा गरिरहेका छौं। म त्यहीँकै हुँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र प्रभुको घरमा फर्किरहेछु। तर कसैले मलाई आफ्नो घरमा लगेको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीले भने, “हामी यहूदाको बेथलेहेमबाट आइरहेका छौँ; र आफ्नै घर एफ्राइमको पहाडी मुलुकको दुर्गम ठाउँमा जाँदैछौँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र अब याहवेहको घरमा जाँदैछु। तर कसैले पनि मलाई आफ्नो घरमा लगेन।
Nepali ERV (पवित्र बाइबल)
त्यो लेवी मानिसले उत्तर दियो, “हामी यहूदाको बेतलेहेम शहरबाट यात्रा गर्दै आएका हौं। हामी घर गइरहेका छौं। म एप्रैमको पहाडी देश पारि निकै परको हुँ। म यहूदाको बेतलेहेममा आएको छु। र अहिले घर फर्कदैछु। र कसैले पनि हामीलाई रात बिताउने ठाउँ दिएनन्।