Judges 19:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाहिर गएर बुढाले तिनीहरूलाई भने, “होइन, साथीहरू हो, कृपा गरी यस्‍तो दुष्‍ट र पापी काम नगर। यो मानिस मेरो पाहुना हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस घरका धनीले बाहिर उनीहरूकहाँ निस्‍केर भने, “होइन, मेरा मित्र हो, यस्‍तो दुष्‍ट काम नगर। यी मानिस त मेरा अतिथि हुन्, यस्‍तो अत्‍याचार नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस घरका मालिक बाहिर आए, र तिनीहरूलाई भने, “होइन, मेरा मित्रहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरा पाहुना भएकाले यस्तो शर्मलाग्दो काम नगर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन। यस्तो भयानक पाप नगर।