Judges 19:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर, यहाँ उसकी रखौटी र मेरी कन्‍ये छोरी छन्। म तिनीहरूलाई बाहिर ल्‍याइदिन्‍छु। तिमीहरू ती दुईसँग जे मन लाग्‍छ गर। तर यो मानिससँग त्‍यस्‍तो घिनलाग्‍दो कुकर्म नगर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँ मेरी कन्‍ये-छोरी र यी मानिसकी उपपत्‍नी छन्‌। म तिनीहरूलाई तिमीहरूकहाँ ल्‍याउनेछु। तिनीहरूमाथि बलात्‍कार गर, र तिमीहरूलाई जे मन लाग्‍छ गर। तर यी मानिसमाथि यस्‍तो अत्‍याचार नगर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, यहाँ मेरी कन्या छोरी र यी मानिसकी उपपत्नी छन्। बरु म तिनीहरूलाई अहिले तपाईहरूकहाँ बाहिर ल्याउनेछु। अनि तपाईंहरूले तिनीहरूलाई प्रयोग गरेर जे गर्न इच्छा छ, त्यही तिनीहरूसित गर्नुहोस्। तर यी मानिसमाथि यस्तो शर्मलाग्दो काम नगर्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई उपयोग गर्न सक्छौ। तर यी मानिसको विरूद्ध यस्तो भयानक पाप नगर।”