Judges 19:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती मानिसहरूले बुढाको कुरा सुनेनन्। यसकारण लेवीले आफ्नी रखौटीलाई बाहिर निकालेर तिनीहरूलाई दियो। तिनीहरूले त्यसलाई बलात्कार गरेर रातभरि त्यसमाथि अत्याचार गरे र बिहान मात्र छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती मानिसहरूले उनको कुरा सुन्दैसुनेनन्। यसैले ती यात्रीले आफ्नी उपपत्नीलाई लिएर उनीहरूकहाँ पठाइदिए। उनीहरूले त्यससँग त्यस रातभरि बिहान नहोउञ्जेलसम्म सहवास गरे, र त्यसलाई अत्याचार गरे, अनि बिहान भएपछि उनीहरूले त्यसलाई जान दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती मानिसहरूले तिनको कुरा सुन्नै चाहेनन्। यसकारण ती मानिसले उनकी उपपत्नीलाई लिएर तिनीहरूकहाँ बाहिर पठाइदिए। अनि तिनीहरूले तिनलाई रातभरि बलात्कार गरे, र दुर्व्यवहार गरे। अनि बिहानै तिनलाई जान दिए।
Nepali ERV (पवित्र बाइबल)
तर ती नराम्रा मानिसहरूले वृद्ध मानिसको कुरा सुनेनन्। यसर्थ त्यस लेवी मानिसले आफ्नी सेविकालाई समातेर ती दुष्ट मानिसहरूसित बाहिर पठाइदिए। ती दुष्ट मानिसहरूले उसलाई घात पुर्याए अनि रातभरि उसलाई बलात्कार गरे। तब बिहान उज्यालो भए पछि तिनीहरूले उसलाई जान दिए।