Judges 19:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहान लोग्नेचाहिँ उठेर आफ्नो बाटो जानलाई दैलो खोल्दा आफ्नी रखौटीलाई घरको अघि हात दैलोतिर पसारेर लडिरहेकी उसले देख्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस स्त्रीका पति बिहानै उठे, र आफ्नो यात्रामा जानलाई घरको ढोका खोले। र तिनले आफ्नी उपपत्नीलाई सङ्घारमा आफ्ना हात पसारेर लड़िरहेकी देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहान तिनको पति उठेर घरको ढोका खोले। अनि आफ्नो यात्रा अगि बढाउन जब उनी बाहिर निस्के, तब आफ्नी उपपत्नीलाई सँघारमा आफ्ना हात पसारेर लडिरहेकी देखे।
Nepali ERV (पवित्र बाइबल)
त्यो लेवी मानिस भोलिपल्ट बिहानै उठे। तिनी घरजान चाहन्थे। बाहिर जानलाई तिनले ढोका खोले। अनि ढोकाको सङ्घारमा एक हात झर्यो। त्यहाँ तिनकी स्त्री सेविका थिइन्। ती ढोकामा लडिरहेकी थिइन्।