Judges 19:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घर आइपुगेर उसले घरभित्र पसेर एउटा छुरी निकाल्‍यो। आफ्‍नी रखौटी स्‍त्रीको शरीर काटेर बाह्र टुक्रा बनायो र एक-एक टुक्रा इस्राएलका बाह्रै कुलकहाँ उसले पठाइदियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी घरमा आइपुगे तब तिनले एउटा छुरी लिएर आफ्‍नी उपपत्‍नीलाई टुक्रा-टुक्रा पारेर बाह्र टुक्रा काटे, अनि इस्राएलका चारैतिर पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घर पुगेपछि उनले एउटा छुरी लिएर आफ्नी उपपत्नीको शरीरलाई बाह्र टुक्रा पारे। अनि ती टुक्राहरूलाई इस्राएलका सारा इलाकाहरूमा पठाइदिए।
Nepali ERV (पवित्र बाइबल)
जब तिनी आफ्नो घरमा आइपुगे तब तिनले एउटा छुरी लिए अनि आफ्नी स्त्री सेविकाको मृत शरीरलाई बाह्र टुक्वा-टुक्वा पारेर काटे। त्यस पछि तिनले त्यस स्त्रीको बाह्र टुक्वा ती सबै क्षेत्रहरूमा पठाए जहाँ इस्राएलका मानिसहरू बस्थे।