Judges 19:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उसलाई फर्काइल्‍याउन त्‍यस मानिसले उसको घरमा जाने पक्‍का गर्‍यो। आफ्‍नो चाकर र दुई वटा गधा लिएर ऊ हिँड्यो। त्‍यस केटीले उसलाई आफ्‍नो घरमा लगी र बुबाले उसलाई देखेर हार्दिक स्‍वागत गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यसका पति आफ्‍ना नोकर र दुई वटा गधा लिएर त्‍यसलाई मनाएर फर्काइल्‍याउन हिँड़े। त्‍यस केटीले तिनलाई आफ्‍ना बुबाको घरमा ल्‍याई, र त्‍यसका बुबाचाहिँले तिनलाई देख्‍दा स्‍वागत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका पतिले तिनलाई फर्काइल्याउनका निम्ति आफ्ना सेवक र दुई वटा गधाहरू लिएर तिनीकहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
तर तिनका पति तिनको पछि लागे। तिनी दयापूर्वक उनीसित बात गर्न चाहन्थे जसमा कि उनी तिनीकहाँ फर्केर आउनेछिन्। तिनले आफूसित आफ्ना सेवक अनि दुइवटा गधाहरू लगे। त्यो लेवी मानिस तिनका बाबुको घरमा आए। तिनका बाबुले त्यो लेवी मानिसलाई देखे अनि उसलाई अभिवादन जनाउन बाहिर निस्के। पिता अत्यन्तै खुशी थिए।