Judges 19:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो देख्‍नेहरू सबैले भने, “हामीले यस्‍तो कहिल्‍यै देखेका थिएनौं। इस्राएलीहरू मिश्रदेखि निस्‍किआएदेखि आजसम्‍म यस्‍तो कहिल्‍यै भएको थिएन। यस विषयमा हामीले केही न केही गर्नुपर्नेछ। केचाहिँ गर्नुपर्ने हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो देख्‍ने प्रत्‍येकले भने, “इस्राएलीहरू मिश्रदेशबाट आएको बेलादेखि आजको दिनसम्‍म यस्‍तो कहिल्‍यै भएको छैन। त्‍यो आफै विचार गर, के गर्नुपर्छ हामीलाई भन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो देख्ने प्रत्येकले भने, “इस्राएल इजिप्टबाट आएको दिनदेखि आजसम्म यस्तो कुरो कहिल्यै भएको थिएन, न त देखियो, न सुनियो नै। यसबारे सोच्नुहोस्, र विचार गर्नुहोस्! अनि के गर्नुपर्छ हामीलाई भन्‍नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
त्यसलाई देख्ने हरेकले यसो भने, “इस्राएलमा अघि यस्तो कहिले भएको थिएन। मिश्रदेशबाट निस्केर आएको समयदेखि हामीले यस्तो कुनै कुरा देखेका थिएनौं। यस विषयमा विचार गर अनि के गर्नु पर्ने हामीलाई भन।”