Judges 19:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चौथो दिन तिनीहरू बिहानै उठे र जानलाई तयार भए। तर ससुराले लेवीलाई भन्‍यो, “पहिले केही कुरा खाऊ। त्‍यसले तिमीहरूलाई राम्रो गर्नेछ। त्‍यसपछि तिमीहरू गए हुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चौथो दिन तिनीहरू सखारै उठे, र बिदा हुनलाई तयार भए, तर केटीका बुबाले आफ्‍नो जुवाइँलाई भने, “जानुभन्‍दा पहिले केही खाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चौथो दिन तिनीहरू बिहानै उठे। तब उनी बिदा हुनको लागि तयार भए, तर ती स्त्रीका बुबाले आफ्ना जुवाइँलाई भने, “केही खानुहोस्, र ताजा भएर जानुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
चौथो दिनमा विहानै तिनीहरू उठे। त्यो लेवी मानिस जानलाई तयार हुँदै थियो। तर त्यो जवान स्त्रीका बाबुले आफ्ना जुवाइँलाई भने, “पहिला केही खाऊ। खाए पछि तिमी जान सक्छौ।”