Judges 19:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाचौँ दिन बिहानै ऊ हिँड्न तयार भयो तर ससुराले भन्यो, “पहिले केही कुरा खाऊ, बिस्तारै गए पनि त हुन्छ।” र ती दुई जना एकसाथ खान बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाँचौँ दिन तिनी बिदा हुनलाई बिहानै उठे। तर केटीका बुबाले भने, “पहिले केही खाऊ।” यसैले तिनीहरू दिउँसो अबेरसम्मै एकसाथ खाँदै र पिउँदै अल्मलिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाँचौँ दिन उनी बिदा हुनलाई बिहानै उठे। तर त्यस स्त्रीका बुबाले भने, “आफूलाई ताजा बनाउनुहोस्। साँझसम्म पर्खनुहोस्!” यसैले तिनीहरू दिउँसो अबेरसम्म नै एकसाथ खानपानमा अल्मलिरहे।
Nepali ERV (पवित्र बाइबल)
तब पाँचौ दिनमा ती लेवी मानिस बिहान छिट्टै उठे। तिनी हिंडनलाई तयार थिए। तर त्यस केटीका पिताले आफ्ना जुवाईंलाई भने, “पहिला केही भोजन र विश्राम गर अनि आज बेलुकीसम्म बस।” तिमी खाना खाए पछि जान सक्छौ।