Judges 19:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब आफ्नी रखौटी र नोकर लिएर जानलाई एकपल्ट ऊ फेरि उठ्यो तर ससुराले फेरि भन्यो, “हेर, साँझ परिसक्यो। बरु एक रात यतै बस। चाँडो रात पर्नेछ। यतै बसेर आनन्द गर। भोलि बिहान उठेर घर गए भइगयो नि!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिस आफ्नी उपपत्नी र नोकरसँग जानलाई उठे। तर तिनका ससुराले भने, “हेर त, साँझ हुनै लाग्यो। आजको रात यहीँ बिताएर दिल खुश पार, र भोलि बिहानै उठेर घरतिर लाग।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि ती मानिस आफ्नी उपपत्नी र आफ्ना सेवकसित जानलाई फेरि उठे। तब उनका ससुरा अर्थात् त्यस स्त्रीका बुबाले भने, “हेर्नुहोस् त, अब साँझ पर्नै लाग्यो। आजको रात यहीँ बसिदिनुहोस्; किनकि साँझ पर्न लागिसक्यो। बस्नुहोस् र आनन्द मनाउनुहोस्! बरु भोलि बिहानै उठेर तपाईं आफ्ना घरतिर लाग्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
त्यो लेवी मानिस, तिनकी स्त्री सेविका अनि तिनका सेवक हिंडनलाई उठे। तर त्यस जवान स्त्रीका पिताले भने, “प्रायः रातपरि सक्यो। दिन प्रायः गइ सक्यो। यसर्थ राती यहीं बस अनि स्वयं आनन्द गर। भोलि बिहान तिमी चाँडै उठ्न सक्छौ अनि आफ्नो बाटो जान सक्छौ।”