Judges 2:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिलगालदेखि बोकीममा परमप्रभुको दूत आए र इस्राएलीहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर तिम्रा पुर्खाहरूसँग प्रतिज्ञा गरेको देशमा ल्‍याएँ। मैले भनेको थिएँ कि तिमीहरूसँग मेरो करार म कहिले तोड्‍नेछैनँ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका दूत गिलगालबाट बोकीममा उक्‍लेर गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट लिएर आएँ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी शपथ खाएको यस देशमा ल्‍याइपुर्‍याएँ। मैले भनें, ‘जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्‍यो कहिल्‍यै भङ्ग गर्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका दूत गिलगालबाट माथि बोकीममा गएर भने, “मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा ल्याइपुर्‍याएँ। मैले भनेँ, ‘तिमीहरूसित म आफ्नो करार कहिल्यै भङ्ग गर्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिस्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन।