Judges 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूका पुस्‍ताका सबै मानिसहरू मरेर गए। त्‍यसपछिका पुस्‍ताले परमप्रभु र उहाँले इस्राएलीहरूका निम्‍ति गर्नुभएका सारा कामलाई बिर्से।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस जम्‍मै पुस्‍ताका सबै जना आफ्‍ना पिता-पुर्खाहरूसँग मिले। पछि एउटा अर्को पुस्‍ता आयो जसले परमप्रभुलाई चिन्‍दैनथ्‍यो न त उहाँले इस्राएलको निम्‍ति गर्नुभएको कामलाई पनि जान्‍दथ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सम्पूर्ण पुस्ता आफ्ना पितापुर्खाहरूसित मिल्न गए। अनि अर्को पुस्ता बढेर आयो, जसले न त याहवेहलाई चिन्दथ्यो, न त उहाँले इस्राएलका निम्ति गर्नुभएका कुराहरू नै जान्दथ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो।