Judges 2:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जतिचोटि तिनीहरू युद्ध गर्न निस्‍कन्‍थे, उहाँले भनेअनुसार परमप्रभु तिनीहरूका विरुद्धमा खडा हुनुहुन्‍थ्‍यो। इस्राएलीहरू महासङ्कष्‍टमा परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक पल्‍ट तिनीहरू लड़ाइँ गर्न निस्‍कँदा परमप्रभुले आफ्‍नो गम्‍भीर चेताउनी दिनुभएअनुसार तिनीहरूमाथि विपत्ति ल्‍याउनुभयो, र तिनीहरू साह्रै सङ्कष्‍टमा परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाँ-जहाँ इस्राएलीहरू लडाइँ गर्न निस्कन्थे, त्यहीँ नै याहवेहले तिनीहरूसित शपथ खानुभएझैँ उहाँका हात तिनीहरूलाई पराजित पार्न तिनीहरूको विरुद्धमा हुन्थ्यो। त्यसैले तिनीहरू ठूलो सङ्कष्‍टमा परे।
Nepali ERV (पवित्र बाइबल)
यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाँई गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।