Judges 2:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलीहरूले ती अगुवाहरूको वास्‍ता गरेनन्। तिनीहरू परमप्रभुप्रति विश्‍वासयोग्‍य भएनन् र अन्‍य देवताहरू पुजिरहे। तिनका पिता-पुर्खाले परमप्रभुको आज्ञापालन गरेका थिए; तर नयाँ पिँढीले त्‍यसो गर्न छोड्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले यी न्‍यायकर्ताहरूका कुरा पनि सुनेनन्‌। तिनीहरू व्‍यभिचारीसरह अरू देवताहरूको पूजा गर्न र उनीहरूका सामु निहुरन लागे। तिनीहरूले आफ्‍ना पिता-पुर्खाहरू हिँडेका परमेश्‍वरका आज्ञापालनको बाटो चाँड़ै नै छोड़िदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन्, तर अरू देवी-देवताहरूसित व्यभिचार गरे र तिनीहरूलाई पुजिरहे। तिनीहरू आफ्ना पितापुर्खाहरूका मार्ग, जसले याहवेहका आज्ञापालन गर्दथे, तिनीहरूका मार्गलाई चाँडै छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्त्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुसरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।