Judges 2:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अगुवा मरेपछि इस्राएलीहरू पुराना चालमा नै फर्किजान्थे र पछिल्लो पीडा अघिल्लो पीडाभन्दा अझ दुष्ट हुन्थ्यो। तिनीहरू अरू देवता मान्थे अनि आफ्ना दुष्कर्ममा हठी बनेर लागिरहन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती न्यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्ना पुर्खाहरूभन्दा पनि अझ बढ्ता भ्रष्टाचारमा पर्दथे, र अरू देवताहरूलाई पुज्दै र उनीहरूका सामु निहुरिँदै आफ्नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्ना दुष्ट व्यवहार र हठी चाललाई छोड्न अस्वीकार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो न्यायकर्ता मरेपछि ती मानिसहरू अरू देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्दै आफ्ना पितापुर्खाहरूभन्दा बढी भ्रष्ट चालतिर फर्कन्थे। तिनीहरूले आफ्ना दुष्ट कामहरू र हठी मार्गलाई त्याग्न अस्वीकार गरे।
Nepali ERV (पवित्र बाइबल)
तर जब हरेक न्यायकर्त्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठी थिए? तिनीहरूले आफ्ना कुकर्म छोडन् अस्वीकार गरे।