Judges 2:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलसँग खुबै रिसाएर परमप्रभुले भन्नुभयो, “मैले यिनका पिता-पुर्खालाई मान्नलाई दिएको करार यस जातिले तोडेको छ, यिनीहरूले मेरो आज्ञा मानेका छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु इस्राएलसित क्रोधित हुनुभयो र भन्नुभयो, “मैले यिनीहरूका पिता-पुर्खाहरूलाई दिएको करार यस जातिले भङ्ग गरेको र मेरो आज्ञापालन नगरेको कारणले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो र भन्नुभयो, “यस जातिले मैले तिनीहरूका पितापुर्खाहरूका निम्ति राखिदिएको करार भङ्ग गरेका हुनाले र मेरो कुरा नसुनेको कारणले,
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमप्रभु इस्राएलका मानिसहरूसित क्वोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्।