Judges 20:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्‍म र पूर्वमा गिलाददेखि सबै इस्राएलीहरू निस्‍किआए। तिनीहरू एक भएर परमेश्‍वरको सामुन्‍ने मिस्‍पामा भेला भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सबै इस्राएलीहरू, दानदेखि बेर्शेबासम्‍मका जम्‍मै समुदाय, र गिलादबाट पनि एउटै मानिसजस्‍तै गरी आ-आफ्‍नो घरबाट निस्‍के र मिस्‍पामा परमप्रभुको सामुन्‍ने भेला भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दानदेखि बेर्शेबासम्म र गिलाद देशबाट सबै इस्राएलीहरू एकजुट भएर मिस्पामा याहवेहको सामु भेला भए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए।