Judges 20:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले दश भागमा एक भाग सेनाका निम्ति भोजन जगेडा गर्नेछन्, बाँकी सबै जना गएर गिबाबासीहरूले हाम्रा बीचमा गरेको यो दुष्ट र अनैतिक कार्यको लागि तिनीहरूलाई सजायँ दिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी इस्राएलका जम्मै कुलबाट हरेक एक सयबाट दश, हरेक हजारबाट एक सय र हरेक दश हजारबाट एक हजार गरी इस्राएलमा यस्तो अत्याचार गर्ने बेन्यामीनका गिबाको विरुद्धमा जानेहरूका निम्ति मानिसहरूबाट खानेकुरा जम्मा गर्नलाई लिनेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी इस्राएलका सबै कुलहरूका प्रत्येक सय मानिसबाट दश जना र हजारबाट एक सय र दश हजारबाट एक हजार गरी फौजका निम्ति चाहिने सामान तयार गर्नको निम्ति लिनेछौँ। तब फौज बेन्यामीनको गेबामा आएपछि, यसले उनीहरूलाई तिनीहरूले इस्राएलमा गरेका सबै घृणित कामका निम्ति दण्ड दिन सक्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
हामी इस्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मनिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”