Judges 20:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब गिबाका ती बदमाशहरूलाई हामीलाई सुम्पिदेओ। हामी तिनीहरूलाई मार्नेछौं र इस्राएलमा भएको यो दुष्कर्म मेट्नेछौं।” तर बेन्यामीनी मानिसहरूले अरू इस्राएलीहरूले भनेका कुरामा वास्तै गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिबाका ती दुष्ट मानिसहरूलाई हाम्रा हातमा सुम्पिदेओ, र हामी उनीहरूलाई मारेर इस्राएलमा भएको यस दुष्कर्मलाई फाल्नेछौं।” तर बेन्यामीनीहरूले आफ्ना दाजुभाइ इस्राएलीहरूको कुरा सुनेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब गेबाका ती दुष्ट मानिसहरू हामीलाई सुम्पिदेओ, र हामी तिनीहरूलाई मारेर इस्राएलबाट दुष्टता हटाउनेछौँ।” तर बेन्यामीनीहरूले आफ्ना सङ्गी इस्राएलीहरूका कुरा सुनेनन्।
Nepali ERV (पवित्र बाइबल)
गिबाका ती दुष्ट मानिसहरूलाई हामी भए कहाँ पठाऊ। हामीलाई ती मानिसहरू देऊ हामी तिनीहरूलाई मार्न सकौं। हामीले इस्राएलका मानिसहरू माझको दुष्टता हटाउनै पर्छ।” तर बिन्यामीनका कुल समूहका मानिसहरूले आफ्ना कुल इस्राएलका अन्य मानिसहरूका कुरा सुनेनन्।