Judges 20:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-16] त्‍यो दिन बेन्‍यामीनीहरूले आफ्‍ना सहरबाट २६,००० सैनिक जम्‍मा गरे। तीबाहेक गिबाबासीहरूले सात सय देब्रे हात चलाउने विशेष मानिसहरूलाई पनि जम्‍मा गरे। घुयेत्रो हानेर केशलाई पनि तिनीहरूले निशाना लगाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती बेन्‍यामीनीहरूले तुरुन्‍तै आ-आफ्‍ना सहरहरूबाट तरवार भिरेका छब्‍बीस हजार मानिसहरू लड़ाइँको निम्‍ति जम्‍मा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन बेन्यामीनीहरूले आफ्ना सहरहरूबाट छब्बीस हजार तरवारधारी मानिस जम्मा गरे। यसबाहेक गेबामा बस्‍नेहरूबाट सात सय जना चुनिएका मानिसहरू पनि भेला पारे।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीन कुल समूहका मानिसहरूले 26,000 सैनिकहरू भेला गरे। ती सबै सैनिकहरू युद्धमा तालिम प्राप्त थिए। तिनीहरूसित गिबाका 700 प्रशिक्षित सैनिकहरू पनि थिए