Judges 20:16 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी मानिसहरूबाहेक गिबाका सात सय चुनिएका मानिसहरू पनि थिए। यी सबैमध्ये देब्रे हाते अरू सात सय चुनिएका मानिसहरू पनि थिए, जसले घुयेँत्रोले कुनै निशाना पनि चुकाउँदैनथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सबै योद्धाहरूका बीचबाट छानिएका सात सय मानिस देब्रे-हाते थिए; जसमध्ये प्रत्येकले केशलाई समेत घुँयेत्रोले हान्दा नचुकाई निशाना लगाउँथे।
Nepali ERV (पवित्र बाइबल)
त्यसमा देब्रेहातद्वारा लडन सकने 700 प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हरेकले अति कुशलतासित घुँयेत्रोको प्रयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुक्ने गरि ढुङ्गा हान्न घुँयेत्रो प्रयोग गर्न सक्थे।