Judges 20:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू बेथेलमा आफ्ना आराधना-स्थलमा गए। त्यहाँ तिनीहरूले परमेश्वरसँग सोधे, “कुन कुलले पहिले बेन्यामीनीहरूमाथि आक्रमण गर्नुपर्छ?” परमप्रभुले उत्तर दिनुभयो, “यहूदा कुलले पहिले आक्रमण गर्नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू तुरुन्तै बेथेलतिर लागे, र त्यहाँ तिनीहरूले परमेश्वरलाई यसो भनेर सोधे, “हामीमध्येको कुनचाहिँ कुलले पहिले बेन्यामीनलाई आक्रमण गर्ने?” परमप्रभुले भन्नुभयो, “पहिले यहूदाले आक्रमण गरोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरू बेथेलमा उक्लेर गए, र परमेश्वरलाई यसो भनेर सोधे, “बेन्यामीनीहरूसित युद्ध गर्न हामीमध्ये कसले पहिले आक्रमण गर्ने?” याहवेहले जवाफ दिनुभयो, “यहूदाले पहिले आक्रमण गरोस्।”
Nepali ERV (पवित्र बाइबल)
इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्वमण गर्ने पहिलो कुल समूह कुन हुने छ?” परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”