Judges 20:28 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हारूनका छोरा एलाजारका छोरा पीनहासले त्यसको सामु सेवा गर्दथे। अनि इस्राएलीहरूले परमप्रभुसँग सोधे, “के हामी हाम्रा भाइ बेन्यामीनको विरुद्धमा लड़ाइँ गर्नलाई फेरि जाऔं कि नजाऔं?” परमप्रभुले जवाफ दिनुभयो, “त्यसलाई आक्रमण गर। भोलि म त्यसलाई तिमीहरूका हातमा सुम्पिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारूनका छोरा, एलाजारको छोरा, पीनहास यसको सेवाको लागि चुनिएका थिए।) तिनीहरूले सोधे, “हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूसित युद्ध गर्न उक्लेर जाऔँ कि नजाऔँ?” याहवेहले जवाफ दिनुभयो, “जाओ, किनकि भोलि म तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हारूनका छोरा थिए।) इस्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरूद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?” परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”