Judges 20:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्यामीनीहरू लडाइँ गर्न निस्किआए र सहरदेखि टाढासम्म गए। अघिल्ला दिनमा जस्तै तिनीहरूले इस्राएलीहरूलाई खुल्ला मैदानमा मार्न लागे। बेथेल र गिबा जाने बाटोहरूमा पनि तिनीहरूले इस्राएलीहरूलाई मारे। जम्मा तीस जनाजति इस्राएलीहरूलाई तिनीहरूले मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बेन्यामीनीहरूचाहिँ त्यस सेनालाई आक्रमण गर्नलाई बाहिर निस्के, र उनीहरू सहरबाट अलि टाढ़ा पुगे, अनि खुला जग्गामा र बेथेल र गिबामा जाने मूलबाटाहरूमा केही इस्राएलीहरू, अर्थात् तीस जनालाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन्यामीनीहरू तिनीहरूलाई आक्रमण गर्न निस्के, र सहरदेखि अलि टाढा गए। पहिलेझैँ तिनीहरूले इस्राएलीहरूलाई मार्न थाले। प्राय: तीस जना मानिसहरू खुला मैदान र बेथेलतिर गए; अनि अर्कोचाहिँ गेबातिर जाने बाटाहरूमा मारिए।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीनका सेनाहरू इस्राएलका सेनाहरूको विरूद्ध लड्न गिबा शहर बाहिर आए। इस्राएलका सेना पछिसरे अनि बिन्यामीनका सेनाद्वारा तिनीहरू खेदिन थाले। यसप्रकारले शहरलाई धेरै पछि छाड्न बिन्यामीनका सेनाप्रति छल गरियो अनि बिन्यामीनका सेनाहरूले पहिला गेरे जस्तै इस्राएली सेनाहरूको हत्या गर्न शुरू गरे। तिनीहरूले इस्राएलका प्राय तीस जना मानिसहरू मारे। तिनीहरूले केही मानिसहरूलाई खेतमा मारे अनि केही मानिसहरूलाई बाटोमा मारे। एउटा बाटो बेतेल शहरतिर गएको थियो अनि अर्कोबाटो गिबा शहर तिर गएको थियो।