Judges 20:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्यामीनीहरूले भने, “बितेका दिनमा जस्तै आज पनि हामीहरूले इस्राएलीहरूलाई जित्दै छौं।” तर हारेर भागेजस्तो गर्दै बेन्यामीनीहरूलाई सहरदेखि टाढा बाटोमा तानेर पुर्याउने युक्ति इस्राएलीहरूले गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामी तिनीहरूलाई फेरि पनि जित्दैछौं” भनी उनीहरूले सम्झे। तर इस्राएलीहरूले उनीहरूलाई सहरबाट बाहिर मूलबाटाहरूमा तानेर निकाल्नलाई हारेर भागेझैँ गर्ने उपाय गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन्यामीनीहरूले, “हामीले पहिलेझैँ तिनीहरूलाई जितिरहेका छौँ” भनी सम्झे। तर इस्राएलीहरूले चाहिँ यसो भन्दैथिए, “हामी पछि हटौँ र तिनीहरूलाई सहरदेखि टाढा बाटोहरूमा लैजाऔँ।”
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीनका मानिसहरूले भने, “हामी अघि जस्तै जित्दै छौं।” इस्राएलका मानिसहरू भाग्दै थिए, तर त्यो एक छल थियो। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई तिनीहरूका शहरदेखि टाढा बाटोहरूमा लान चाहन्थे।