Judges 20:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मुख्‍य इस्राएली सेना हटेर गई बाल-तामारमा जम्‍मा भए। त्‍यस बेला तुरुन्‍तै आफू लुकिरहेका ढुङ्गेनी ठाउँहरू छोडेर गिबालाई घेरेर बसेका इस्राएली सेना चारैपट्टिबाट निस्‍के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीका जम्‍मै मानिसहरूले आ-आफ्‍नो स्‍थान छोड़ेर बालतामारमा युद्धको निम्‍ति टोली बाँधे, अनि ढुकुवामा बस्‍नेहरू गिबाको पश्‍चिमको स्‍थानबाट झट्टै निस्‍केर आए। तब इस्राएलका दश हजार चुनिएका योद्धाहरूले अगाड़िबाट गिबालाई आक्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका सबै मानिसहरू आफ्ना ठाउँबाट उठे, र बाल-तामारमा मोर्चा बाँधे। तब इस्राएलका ढुकिबस्‍नेहरूले गेबाको पश्‍चिमको ठाउँबाट आक्रमण गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ सबै मानिसहरू भागे। तिनीहरू बाल तामार नाउँको स्थानमा रोकिए। इस्राएलका केही मानिसहरू गिबाको पश्चिममा लुकिरहेका थिए। तिनीहरू आफू लुकेका स्थानहरूबाट दगुरे अनि गिबा माथि आक्वमण गरे।