Judges 20:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
१०,००० मानिसहरूले गिबामाथि आक्रमण गरे। ती दश हजार मानिसहरू इस्राएलबाट विशेष गरी चुनिएका थिए। घमासान युद्ध भयो। हामी नाश हुन आँटेका छौं भनी बेन्यामीनीहरूले थाहै पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाँड़ै घमासान युद्ध भयो। बेन्यामीनीहरूले आफूमाथि आइरहेको विपत्तिको केही शङ्का गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलका सबैभन्दा असल दश हजार मानिसहरूले गेबामाथि आक्रमण गरे। युद्ध भयानक थियो। बेन्यामीनीहरूले विपत्ति यति नजिक थियो भनेर थाहै पाएनन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका 10,000 उत्तम शिक्षा पाएका सैनिकहरूले गिबा माथि आक्वमण गरे। युद्ध घमासान भयो। तर बिन्यामीनका सेनालाई तिनीहरू माथि कस्तो भयानक घटूना घटूनेवाला छ त्यो थाहा थिएन।