Judges 20:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[38-39] इस्राएली मुख्‍य सेना र गिबामा लुकेर बसेका सेनाका बीच एउटा चिन्‍ह दिने मतो भएको थियो। सहरबाट धुँवाको मुस्‍लो आकाशतिर गएको देख्‍दा बाहिर लडाइँको मैदानमा भएको सेना फर्कनुपर्थ्‍यो। त्‍यतिञ्‍जेलसम्‍म बेन्‍यामीनीहरूले तीस जना इस्राएलीहरूलाई मारिसकेका थिए। तिनीहरूले सोचे, “अघिजस्‍तै हामीले यिनीहरूलाई जितेका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले ती ढुकुवामा बसेका मानिसहरूसित सल्‍लाह गरेको चिन्‍ह यो थियो कि तिनीहरूले सहरबाट धूवाँको मुस्‍लो आकाशतिर पठाउनुपर्ने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरूले ती ढुकुवाहरूसित तिनीहरूले सहरबाट धुवाँको ठूलो बादल पठाउने भनेर मतो गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अब इस्राएलका मानिसहरूले ती लुकेका मानिसहरूका साथ एक योजना बनाए। जब तिनीहरूले गीवालाई अधिकार गरे लुकेका मानिसहरूले एउटा धुवाँको चिन्ह पठाए।