Judges 20:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसकी रखौटीको मृत्यु भएको थियो, त्यस लेवीले भन्यो, “म र मेरी स्वास्नी बेन्यामीनीहरूका गिबामा राती बास बस्न गयौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण त्यस मारिएकी स्त्रीका पति, ती लेवीले भने, “म र मेरी उपपत्नी रात बिताउनलाई बेन्यामीनको गिबामा आएका थियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती मारिएकी स्त्रीका पति लेवीले भने, “म र मेरी उपपत्नी बास बस्न बेन्यामीनको गेबामा पुग्यौँ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ त्यो हत्या गरिएकी स्त्रीका पतिले तिनीहरूलाई त्यो घटना भने। तिनले भने, “मेरी स्त्री सेविका र म बिन्यामीनको इलाकामा गिबा शहरमा आयौं। हामीले त्यहाँ रात बितायौं।