Judges 20:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँचेका जति फर्केर रिम्मोन-चट्टान जानलाई त्यसका खुला मैदानतिर दगुरे। बाटामा तिनीहरू ५,००० जना मारिए। अरू बाँचेकाहरूलाई इस्राएलीहरूले गीदोमसम्म खेदेर लगे र अरू २,००० लाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाँचेकाहरूचाहिँ फर्केर उजाड़-स्थानमा भएको रिम्मोनको चट्टानतिर भागे। इस्राएलीहरूले बाटाहरूमा उनीहरूका पाँच हजार जति यताउता छोड़िएकाहरूलाई समातेर मारे। तिनीहरूले बेन्यामीनीहरूलाई गीदोमसम्म खेदे, र अझै दुई हजार जनालाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरातिर भाग्दा इस्राएलीहरूले बाटोमा पाँच हजार मानिसहरूलाई मारे। तिनीहरू बेन्यामीनीहरूको पछि-पछि गिदोमसम्मै लागिरहे। अनि अरू दुई हजार मानिसलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीनका सेना फर्किए अनि मरूभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नाउँ गरेको स्थान तिर भागे। तर इस्राएलीहरूले बाटो तिर बिन्यामीनका 5,000 सैनिकहरूलाई मारिदिए। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई खेदिरहे। तिनीहरूले गिदोम नाउँ गरेको स्थानसम्म तिनीहरूलाई खेदे। इस्राएली सेनाले त्यस स्थानमा अरू 2,000 बिन्यामीनका मानिसहरूलाई पनि मारे।