Judges 20:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले अरू बेन्‍यामीनीहरूमाथि आक्रमण गरे र सबैलाई मारे। तिनीहरूले पुरुष, स्‍त्री, छोरा-छोरीहरू, गाई-वस्‍तुहरू कसैलाई छोडेनन्। तिनीहरूले त्‍यहाँ भएका सबै सहरहरू डढेलो लाएर स्‍वाहा पारिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू बेन्‍यामीनतिर फर्के, र सहरहरूमा भएका मानिसहरू र गाईबस्‍तुहरूलाई र भेट्टाएको हरेक प्राणीलाई तिनीहरूले तरवारले मारे। तिनीहरूले भेट्टाएको हरेक सहरलाई पनि आगो लगाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरू बेन्यामीनका सहरहरूमा फर्केर गए। अनि भेट्टाएका जति सबै पशुहरू र तिनीहरूले सम्पूर्ण सहरहरूलाई तरवारले नष्‍ट पारे। तिनीहरूले भेट्टाएका हरेक सहरलाई पनि आगो लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू बिन्यामीनको देशमा फर्केर गए। तिनीहरूले तिनीहरू गएका हरेक शहरका मानिसहरूलाई मारे। तिनीहरूले सम्पूर्ण पशुहरूलाई पनि मारे। तिनीहरूले आफूले भेट्टाएसम्मका हरेक वस्तु नष्ट गरिदिए। तिनीहरू आइपुगेका हरेक शहरलाई तिनीहरूले जलाइदिए।