Judges 20:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त्‍यसको शरीर काटें र टुक्रा पारेर एक-एक टुक्रा इस्राएलका बाह्रै कुललाई पठाएँ। ती मानिसहरूले हाम्रा बीचमा दुष्‍ट र अनैतिक काम गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले त्‍यसको लाश लगेर टुक्रा-टुक्रा पारी काटें, र ती मैले इस्राएलका चारैतिर पठाइदिएँ, किनभने उनीहरूले इस्राएलमा यस्‍तो व्‍यभिचारी र अपमानजनक काम गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले आफ्नी उपपत्नीको लासलाई लिएँ र टुक्रा-टुक्रा गरी काटेँ। अनि इस्राएलका उत्तराधिकारको प्रत्येक प्रान्तमा एक-एक टुक्रा पठाएँ; किनकि तिनीहरूले इस्राएलमा यस्तो अश्लील र शर्मलाग्दो काम गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मैले मेरी स्त्री सेविकालाई लगे अनि उसको देहलाई टुक्वा-टुक्वा पारेर काटे। त्यसपछि मैले इस्राएलका प्रत्येक कुल समूहलाई एक एक टुक्रा पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्वा पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्राएलमा यस्तो भयानक काण्ड गरे।