Judges 21:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू मिस्‍पामा भेला भएका बेलामा तिनीहरूले परमप्रभुसँग एउटा यस्‍तो प्रतिज्ञा गरेका थिए, “कुनै बेन्‍यामीनीहरूलाई विवाह गर्न हामी आफ्‍नी छोरी दिनेछैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले “आफ्‍नी छोरी कुनै बेन्‍यामीनीलाई विवाहमा दिनेछैनँ” भनी मिस्‍पामा शपथ खाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरूले मिस्पामा यसो भनेर शपथ खाएका थिए, “हामीमध्ये कसैले पनि बेन्यामीनीलाई विवाह गर्न आफ्नी छोरी दिनेछैनौँ।”
Nepali ERV (पवित्र बाइबल)
मिस्पामा इस्राएलका मानिसहरूले एक शपथ खाएका थिए। तिनीहरूको शपथ यस्तो थियोः “हामीहरूमा कसैले पनि आफ्नी छोरीलाई बिन्यामीनका कुल समूहका कुनै व्यक्तिसित विवाह गर्न दिने छैनौं।”