Judges 21:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याबेश-गिलादबासीहरूमध्ये चार सय जना कन्ये केटीहरू तिनीहरूले भेट्टाए। ती केटीहरूलाई तिनीहरूले कनान देशमा शीलोको छाउनीमा ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्यसै नै गरे। याबेश-गिलादका बासिन्दाहरूमध्ये चार सय जवान स्त्रीहरू भेट्टाए, जसको कुनै पुरुषसँग सहवास भएको थिएन। अनि तिनीहरूले यिनीहरूलाई कनानका शीलोको छाउनीमा ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याबेश-गिलादमा बस्ने मानिसहरूमा कुनै पनि पुरुषसँग सहवास नगरेका चार सय जना कन्याहरू भेट्टाए। उनीहरूलाई तिनीहरूले कनानमा शीलोको छाउनीमा ल्याए।
Nepali ERV (पवित्र बाइबल)
ती 12,000 सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।